एकैदिन विमानस्थलमा चार कफिन

काठमाडौं, २ असार । त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए।

कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो।

साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न भने साँझ मात्रै आफन्त विमानस्थल पुगे । कान्तिपुर दैनिकमा खबर छ।

खाडी र मलेसियामा कामदार मृत्यु

सन् २०१७- ९५७ जना

पछिल्लो ९ वर्ष – ५,८९२ (महिला १२७)

प्रमुख कारण
– कमजोर अभिमुखीकरण
– ट्राफिक नियम नजानेर
– दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा
– जीवनशैली





Comments

comments

Leave a Reply

23619