बलात्कार आरोपीलाई छाड्न माग गर्दै प्रदर्शन

काठमाडौँ, ३ असार । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन्।

इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएको नयाँपत्रिकामा खबर छ।

गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए।

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको हो।





Comments

comments

Leave a Reply

23629