सवारी दुर्घटनामा दैनिक ५ जनाको मृत्यु

काठमाडौं, ३ असार । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको कान्तिपुरमा खबर छ।

९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ।

हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने, अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन।





Comments

comments

Leave a Reply

23631