मिस ग्यालेक्सी २०१८ को ताज न्यान्सी अग्रवाललाई

काठमाण्डौ: दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधि न्यान्सी अग्रवालले जित्न सफल भएकी छिन्।

राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी हुन्।

मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि हात पारेकी छिन् भने मस्ट पपुलरको ताज समेत बिजेता न्यान्सी अग्रवालले जित्न सफल भएकी छन्।

मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस ग्यालेक्सी २०१८ आफूहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए।

यस सौन्दर्य प्रतियोगिताको प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठ रहेकी थिइन् भने प्रतियोगिताको निर्णायकमा चर्चित नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा.सुमित्र अर्याल, निर्देशक राजु केसी चिरन्जिबी गुरागाई, डा.राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर रहेका थिए । मिस ग्यालेक्सी २०१८ को कार्यक्रम संचालन कोरियोग्राफर आस्विनी झाले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठको हातबाट तीन जना आ-आफ्ना क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा ईभेण्ट अर्गनाइजर लब बहादुर कार्की, चर्चित कोरियोग्राफर आस्विनी कान्त झा तथा रंग पत्रकार सुर्य चन्द सम्मानित भएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23641