बेलायतमा ‘भिसी कप’ सम्पन्न, सुपर भेट्रानतर्फ एफ्सी केन्ट बिजयी

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

केन्ट, बेलायत। बेलायतको फेल्थाम, लण्डनमा “भिसी कप” सम्पन्न भएको छ।

गोर्खा नेपाली समाज लण्डनले आयोजना गरेको यस फुटबल खेलमा भेट्रान टिममा ५ टिम र सुपर भेट्रानमा ६ टिम गरि ११ टिमहरुले भाग लिएका थिए।

सुपर भेट्रानमा सबै टिमहरुलाई जितेर “एफ्सी केन्ट, गोर्खा भेटरेन” ले शिल्डसहित नगद ४ यस पाउण्ड हात पार्यो। धन बहादुर राई बेस्ट प्लेयर र छबिन्द्र चोङ्बाङ टप स्कोरर भए ।

सुपर भेट्रानको रनर अप टिम “ईन्टेक ९०” भएको थियो । भेट्रानतर्फ ईलाम एफ्सीले शिल्डसहित नगद ६ सय पाउण्ड र धरान समाज ४ सय पाउण्ड पुरस्कार राशिसहित रनर भए।





Comments

comments

Leave a Reply

23645