चीन भ्रमणमा १ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

काठमाडौं – सरकारी कर्मचारीले अनावश्यक रूपमा गर्ने विदेश भ्रमणलाई व्यवस्थित गर्न कडा निर्देशिका जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं भने जम्बो टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

‘प्रधानमन्त्रीज्यू व्यापारी सहितको १ सय २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैहुनुहुन्छ। जाँदाको दिनसम्म यो संख्यामा यसमा एकदुई जना थपघट हुनसक्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले नागरिकसँग भन्यो, ‘प्रतिनिधिमण्डलमा ६० जना व्यापारी पनि सहभागी हुनेछन्। उनीहरू सबै आफ्नै खर्चमा जान लागेका हुन्। भ्रमणदलका केही सदस्यको खर्च चीन सरकारले व्यहोर्छ भने बाँकीको खर्च नेपाल सरकारले व्यहोर्छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23649