मेलम्चीको पानी अझै अनिश्चित

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्।

तर, मेलम्चीको पानी सुन्दरजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै पुग्ने निश्चित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ ।

निर्देशनलयले पाइपलाइन ओछ्याउने काम सपन्नसँगै वितरणलाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो ।मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकाबासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक तिरेश खत्रीले बताए । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23653