कामचोर ठेकेदारलाई कारबाही गर्न गृह र भौतिक मन्त्रीबीच विवाद !

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्।

मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन्।

यसरी कामचोर ठेकेदारलाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको खबर आजको नागरिक दैनिकमा छ।

नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपूर्ण टिप्पणी गरेका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23655