‘नेकपा’को पहिलो बैठक नै बहिष्कार, को–को गएनन् बैठकमा ?

काठमाडौं, ४ असार । २०७५ असार २ गते शनिबार नेकपाको पहिलो स्थायी समितिको बैठक त्यति सुखद् हुन नसकेको खबर छ । केही नेताहरू नै अनुपस्थित भएभने केही नेताहरूले चर्को आलोचना गरे।

नेताहरूले आफ्नो वरीयताप्रति असहमति जनाउँदै अमृतकुमार बोहरा र अमिक शेरचन असन्तुष्ट रहेका छन्। साँघु साप्ताहिमा खबर छ।

असार २ गतेको बैठकमा अमिक शेरचन भने उपस्थिति भएनन् । उनीहरूलाई नेकपाले आमन्त्रित स्थायी समिति बनाएको छ । यो पदप्रति उनीहरू पहिला नै रुष्ट त थिए तर यसरी बैठक नै बहिस्कार गर्लान् भन्ने अनुमान थिएन।

तर, नेकपामा सबैभन्दा बढी पेलानमा परेका भने नेता बोहरा हुन् । बोहराका श्रीमान् र श्रीमती नै पेलानमा परेको गुनासो छ।

वास्तवमा अष्टलक्ष्मी शाक्य प्रदेश ३ को इञ्चार्ज भएकाले मुख्यमन्त्रीको दावेदार थिइन् । शाक्यलाई पार्टीका शीर्ष नेताहरूले साथ दिएनन् जसले गर्दा उनी झिनो मतान्तरले संसदीय दलको नेता निर्वाचित हुन सकिनन् र मुख्यमन्त्रीको पद गुम्यो।





Comments

comments

Leave a Reply

23659