काठमाडौं – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए।

सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको खबर कान्तिपुरमा छापिएको छ।

राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए।



.















Comments

comments