काठमाडौं रेल ल्याउन बाटो खुल्यो

काठमाडौं – नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती सम्झौता, समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ।

‘द्विपक्षीय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खसाङको उपस्थितिमा दुई देशबीच १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दुई देशबीच ३ वटा सम्झौतापत्र, ७ वटा समझदारीपत्र र ४ वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

23708