हङकङमा नेपाली युवकमाथि चाइनिज गुण्डाहरुको आक्रमण, यसरी भएको थियो आक्रमण (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जुन। हङकङको जोर्डनस्थित समृद्धि स्टोरमा शुक्रवार राति एक अज्ञात समूहले नेपाली युवक निहानलाई छुरालगायत धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ।

खाना खाइरहेका बेला २६ वर्षीय निहानमाथि ८/९ जनाको समूहले आक्रमण गरेको समाचारमा जनाइएको छ।

निधार र हातमा दस सेन्टिमिटर जति लामो चोट लागेका उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। तत्काल उद्धार गरी अस्पताल लगिएकोले उनी खतरामुक्त रहेका छन्।

निहानमाथि आक्रमण गर्न आएका समूहले कालो सर्ट र जिन्स लगाएको र एकले मास्क लगाएका थिए। आक्रमणको कारण खुल्न सकेको छैन। आक्रमणलगत्तै फरार भएका उक्त समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसरी भएको थियो आक्रमण हेर्नुहोस् भिडियो

तस्वीर सौजन्यः एचकेअनसीसी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23730