नेकपाको आम्दानी मासिक १० करोड, कोबाट कति ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ।

पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको छ।

समाचार अनुसार ‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालको भनाई छ। अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

23738