प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असहज!

दाङ – संसद गठन भएको तीन महिना पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरूले संसदको लोगो पाउन सकेका छैनन्।

लोगोविहीन हुनुपर्दा सांसदहरूलाई कुनै कार्यक्रम, समारोह वा संसद् भवनभित्र प्रवेशमा समेत असहज हुने गरेको खबर नागरिक दैनिकमा छ। तत्काल लोगोको व्यवस्था गर्न पनि सांसदहरूले आवाज उठाइरहेका छन्।

सांसदको परिचयका रूपमा रहने लोगो वितरण चाँडै हुनुपर्ने भए पनि यसो हुन नसकेको सांसद इन्द्रजित चौधरीले बताए। ‘संसद भवनभित्रकै प्रवेशमा पनि हामीहरूलाई मर्यादापालकबाट अवरोध हुन्छ कि भन्ने आशंका रहिरहन्छ,’ उनले भने ‘हामीहरू सांसद हौँ कि हैनाँै भनेर परिचय दिने लोगो नभएपछि मर्यादापालकले हामीलाई कसरी चिन्ने?’ तथापी उनले प्रदेशमा सांसद संख्या थोरै रहेकाले पनि मर्यादापालकले चिन्ने गरेको बताए।





Comments

comments

Leave a Reply

23742