मल्ल एसईईमा नेपाल टप भएको दाबी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन्।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो।

जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उहाँले दाबी गर्नुभयो। रासस





Comments

comments

Leave a Reply

23746