संसद अवरोध गर्ने कांग्रेसको तयारी

काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ।

कांग्रेसलेसरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको खबर राजधानीमा छ।

कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए।





Comments

comments

Leave a Reply

23772