युवा नेता भन्छन् – ७० नाघ्नुभयो, विश्राम लिनुहोस्

कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन।

केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनः उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23774