भारतीय गेंगस्टार रोमीसंगै हङकङमा पक्राउ परेका इनिश लिम्बू रिहा

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुन। भारतीयमूलका गेंगस्टार रमनजीत सिंह उर्फ रोमीसंगै हङकङमा पक्राउ परेका नेपाली युवक इनिश लिम्बू मंगलवार रिहा भएका छन्।

गत फेब्रुवरी ९ तारिख ४५० मिलियन जापानी एन (३२.६ मिलियन हङकङ डलर) लुटपाटको अभियोगमा रोमी र लिम्बूलगायत ५ जना पक्राउ परेका थिए। भारतीय प्रहरीको मोस्टवान्टेट र इन्टरपोलको खोजीको सूचीमा रहेका २९ वर्षीय रोमीलाई हङकङ प्रहरीले पक्राउ गर्ने क्रममा उनीसंगै रहेका २६ वर्षीय लिम्बूसमेत पक्राउ परेका थिए।

प्रहरी हिरासतमा रहेर झण्डै ४ महिनाको अनुसन्धानपछि उक्त घटनामा संलग्न रहेको नपाइएको भन्दै लिम्बूलाई रिहा गरिएको हो। लुटपाटमा संलग्न रहेको नपाइए पनि रोमी भने भारतीय प्रहरीको मोस्टवान्टेट र इन्टरपोलको खोजीको सूचीमा रहेको पाइएको छ।

प्रहरीले विनाकारण पक्राउ गरेर लामो समयसम्म हिरासतमा राखेको, मानसिक तनाव दिएको र सामाजिक छविमा आँच पुर्याएको भन्दै क्षतिपूर्तिको मागसहित लिम्बूले प्रहरीविरुद्ध मुद्धाको प्रक्रिया अगाडि बढाएका छन्।

सोही घटनामा पक्राउ परेका गुरसेवक सिंह, दिलप्रीत सिंह र ढोलवानी योगेस्ट कुमारलाई थप अनुसन्धानको लागि अगष्ट ६ तारिखसम्म राखिने भएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

23776