हङकङमा ८० वर्षीया महिलाको गोली हानी हत्या

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुन। एक महिलाले एकै परिवारका चार सदस्यलाई गोली प्रहार गर्दा ८० वर्षीया एक महिलाको मृत्यु भएको छ।

क्वारी बे पार्कमा मंगलवार दिउंसो ४४ वर्षीया एडा सिमले गोली प्रहार गर्दा गम्भीर घाइते भएकी ति महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। समाचार स्रोतका अनुसार उनको टाउकोमा गोली लागेको थियो।

पेशाले महिला बढीगार्डसमेत रहेकी एडाले पालैपालो ६० र ७२ वर्षबीच उमेरका ३ सहोदरलाई गोली प्रहार गरेकी थिइन्। दुई पुरुषको अवस्था गम्भीर र महिलाको अवस्था स्थिर रहेको जनाइएको छ। उनीहरुको टाउको र पाखुरामा गोली लागेको छ।

नाताले भतीजी पर्ने एडाले पारिवारिक झगडाका कारण गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ। आफ्नी हजुरआमाको मृत्युपछि उनका वारिसीको विषयमा छलफल गर्दा विवाद भएपछि एडाले अर्ध स्वचालित बेरेटा ९५० ह्यान्डगन चलाएकी थिइन्। प्रहरीले उनलाई पक्राउ गरेको छ। तसौः एचकेअनसीसी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23780