छोरी हत्याको आशंकामा आमा पक्राउ, यस्तो थियो घटना

चितवन – छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ।

शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए ।

स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको खबर नागरिक दैनिकमा छ।

ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन्।

छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन्।

अपशब्द बोलेपछि ममताले आमलाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23827