स्वास्थ्य जाँच गर्न मानेनन् डा. केसीले

जुम्ला – जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् ।

गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए।

वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन्।

अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा। गिरीले बताए ।

स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान भनेका छन् । केसीले भने, ‘तपाईंहरू मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो, त्यसका लागि धन्यवाद मेरो हेरचाह र उपचार यहाँका मानिसले गर्छन् । तपाईंहरूको आवश्यकता छैन।’ नयाँ पत्रिकामा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

23914