कोशी ब्यारेज भासिने खतरा, सुरक्षित रहन रेड अलर्ट

काठमाडौँ, पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपूर्ण बन्न थालेको छ।

खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए।

पुलको बिचमा बनेका खाल्डाको कारण दैनिक साना ठूला दुर्घटना हुने गरेको छन् । पुल समयमा नै मर्मत नभएको कारण यात्रुहरू दुर्घटनाको शिकार हुने गरेका छन् । स्थानीय यात्रु वाहक बस चालक समीर खानकाअनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन । त्यसले गर्दा कतिपय अवस्थामा बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन्।

गाडीको गति तीव्र हुने र खाल्डोमा परेर दुर्घटना हुने गरेको उनको भनाई छ । पुलको समय समयमा मर्मत नहुँदा यस्तो समस्या आइपरेको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली । बिचमा गाडी नै भासिने गरी दुर्घटना हुने गरेको उनको अनुभव छ । नेपालसँगको सम्झौताअनुसार कोशी ब्यारेजको मर्मतदेखि ढोका खोल्ने र बन्द गर्ने काम भारतको जिम्मामा छ । नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23918