प्राण गए पनि प्रण तोड्दिंनः डा केसी

अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् ।

जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन्।

‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले भने।

उनले माग पूरा नभएसम्म जुम्लाबाट काठमाडौं नफर्किने पनि बताए । आफूलाई काठमाडौं फर्काएर अनशन तुहाउने षड्यन्त्र रचिएको पनि आरोप लगाए। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23927