अब एकल पुरुषलाई पनि मासिक भत्ता

ललितपुरको वाग्मती गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ। गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले एकल पुरुषलाई भत्ता दिने व्यवस्थासहित प्रस्तुत गरेको आव ०७४/७५ को नीति कार्यक्रम तथा बजेट पारित भएको हो।

‘गाउँपालिकाको ३३ करोड ६७ लाख रुपैयाँ बजेटमध्ये एकल पुरुषलाई भत्ताको व्यवस्था गरिएको हो’, अध्यक्ष लोप्चनले भने, ‘भत्ताबापत मासिक दुई लाख रुपैयाँ छुट्याइएको छ। यो बजेट अपुग भए गाउँसभाबाट पुनः पारित गर्ने व्यवस्था गरिनेछ।’

भत्ता पाउने एकल पुरुषको उमेर ६० पुगेको हुनुपर्ने मापदण्ड बनाइएको छ। ६० देखि ७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाइएको छ। ‘७० वर्षदेखि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्थाका लागि उमेर हद तोकेका हौं’, लोप्चनले भने।

गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एकल बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए। एकल महिलाका हकमा समाज केही उदार बने पनि पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफूले यस्तो यस्तो व्यवस्था गरेको उनले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23933