असारे बजेटमा ‘चीन घुम्ने’ रहर !

आर्थिक बर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिव एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ।

बजेट सक्ने उदेश्यले समितिका अध्यक्ष वीरेन्द्र यादव, बोर्ड सदस्यहरु विदुर भारती, रामदयाल यादव, डा. मोतीलाल रिजाल र दीपा प्रधानसहित समितिका सदस्यसचिव हेमलाल अर्याल र उसचिव श्रीप्रसाद बरा तथा अर्थ र वन मन्त्रालयका प्रतिनिधिलगायतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको हो।

सदस्यसचिव अर्यालले भने असार मसान्तभित्र समितिका धेरै काम गर्नुपर्ने भएकाले आफु सहभागी नहुने बताएका छन्। कान्तिपुर दैनिकमा यो खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23944