१२ पास गरेका विद्यार्थीलाई छात्रवृत्तिको लागि निवेदन आह्वान


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका। कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पास गरी कलेज जाने जेहेन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागि निवेदन आह्वान गरेको छ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितिको बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० तारिखसम्म निवेदन दिईसक्न आह्वान गरेको हो।

समितिले निवेदकको लागि क्राईटएरिया समेत तोकेको छ । जसमा यसै बर्ष १२ पास गरेका, कोलोराडोमा बसोवास भएको, नेपाली समुदायका , समुदायमा सामाजिक कृयाकलापहरुमा भाग लिएको प्रमाणित कागज पेश गर्नुपर्ने, फुल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिशत वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागि छनौट गरेर पठाएको लिखित पत्र समावेश गर्नु पर्ने जनाएको छ । यसको साथै समितिले निवेदकहरुलाई छात्रवृित्तको निवेदनसंगै निवन्ध समेत लेखि समावेश गर्नुपर्ने शर्त राखेको छ । जसमा निवन्धको शीर्षक छ १, कोलोराडोमा नेपाली सामुदायिक भवन – “नेपाली घर” किन र कसरी ? भन्ने बिषयमा ८ सय शब्द भन्दा नबढाई लेख्नु पर्ने छ । निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेब साईट “नेपाली घर डट ओआरजी ”तथा संस्थाको फेसबुकमा राखिएको छ। संस्थाको वेब साईटमा गई फारम डाउनलोड गरि प्रिन्ट गरि भर्न सकिने छ।

निवेदकले सम्पूर्ण कागजपत्र स्क्यान गरेर सोही फारममा उल्लेखित ईमेलमा वा मेल ठेगानामा पोष्ट गर्नु पर्ने संस्थाले जनाएको छ ।
छनौट समितिले कोलोराडोमा सक्रिय सबै संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचार प्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भाग लिने अवसर जुटाई दिनहुन अनुरोध गरेको छ।

अमेरिकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदायतर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हदसम्म बालबालिका र तिनीहरुको परिवारलाई नेपाली समुदायतर्फ आकर्षित गराउन सहयोग पुग्ने संस्थाको ठम्याई छ।

नेपाली घरद्धारा गठित छनौट समितिलाई छात्र छात्राहरु छनौट गर्ने, यस कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ । प्रमोद श्रेष्ठको संयोजनमा गठित समितिमा लछुमन राना, योगराज गौतम, उत्तम राई र नातिबाबु भट्ट रहेका छन्।

नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रितीथिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाको संयोजनमा तथा कोलोराडोमा सक्रिय संघ संस्थाको आयोजनामा आर्थिक संकलन गर्ने उद्धेश्यले आयोजित श्रीमद् भागवत सप्ताह महापुराण सफलताको साथ सम्पन्न भई सकेको छ । यस संस्थाले नेपालीहरुको भाषा,संस्कृित, संरक्षणको लागि बेला बेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23948