फुटबलमा सट्टेबाजी गर्नेको बिगबिगी, १० पक्राउ

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा बाजी लगाउने सट्टेबाजविरुद्ध नेपाल प्रहरी आक्रामक ढंगले उत्रिएको छ ।

दैनिक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको पाइएपछि प्रहरीले आफ्नो कारबाही आक्रामक बनाएको हो । यस क्रममा टोले गुन्डादेखि जुवाडेसमेत पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको अप्रसनबाट सातजना सट्टेबाज पक्राउ परेका छन् । पक्राउ पर्नेमा धापासीका अमित श्रेष्ठ, तनहुँ जामुनेका प्रमोद रानाभाट, बालुवाटारका अनिल भण्डारी, वसुन्धाराका निजराज पौडेल छन् । त्यसमध्ये वसुन्धाराका निजराज टोले गुन्डा हुन् । उनी चर्चित डन चक्रे मिलन समूहसँग आबद्ध छन् । यसअघि ज्यान मार्ने उद्योगमा उनी जेलसमेत परेका थिए । त्यस्तै, बालुवाटारका अनिल चर्चित जुवाडे हुन् । अमित र प्रमोद भने सट्टेबाज हुन् । उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

यसअघि परिसरकै टोलीले म्हैपी बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सुजेन महर्जनलाई ६ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई काठमाडौं–१५ बज्रहोटेलबाट पक्राउ गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

23959