नर्सिङ शिक्षामा शुल्क वृद्धि, सञ्चालकले मन्त्री भेटेपछि चलखेल

काठमाडौं, २५ असार । निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धि गर्ने तयारी गर्नुभएको छ।

नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धि गर्ने तयारी गर्नुभएको खबर नेपाल समाचारपत्र दैनिकमा छ।

सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समितिले सिफारिस गरेको डेढ महिनासम्म प्रतिवेदन नबुझनुभएका मन्त्री पोखरेलले भर्ना खोले लगत्तै प्रतिवेदन बुझेर शुल्क वृद्धि गर्न लाग्नुभएको हो।

शिक्षा विभागका निर्देशक दीपक शर्माको संयोजकत्वमा गत बैशाखमा गठित समितिले जेठमा प्रतिवेदन तयार गरेको थियो।

समितिले पटक पटक आग्रह गर्दा समेत समय नभएको भन्दै वेवास्ता गर्नुभएका मन्त्री पोखरेलले भर्ना खुले लगतै असार १९ गते प्रतिवेदन बुझ्नुभएको थियो । नौ सदस्यीय समितिमा रहेका अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघले विद्यार्थीलाई थप भार पर्ने जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए।

संविधानको धारा ३१ को उपधारा २ बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भन्ने उल्लेख गरे अनुसार संविधानको शिक्षा सम्बन्धी भावना र मर्मलाई आत्मसात गर्दै थप शुल्कको भार राज्यले नै बेहोर्नुपर्ने जनाउदै प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका थिए।

दुवै अभिभावक संघले अहिलेको अवस्थामा शुल्क वृद्धी गर्न नहुने राय दिएका थिए।





Comments

comments

Leave a Reply

23965