ऐन लत्याएर उपकुलपतिमाथि दुर्व्यवहार

विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ।

नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो।

यो ऐनअनुसार उपकुलपतिलगायत पदाधिकारीले अनौपचारिक भेटघाटबाहेक कुनै पनि औपचारिक प्रस्ताव शिक्षा मन्त्रालयमार्फत पठाउनुपर्ने व्यवस्था छ।

कोइरालाले ऐनअनुसारै भ्रमण स्वीकृतिपत्र अघि बढाएका हुन् । उनले असार १५ गते मन्त्रालयमा निवेदन दर्ता गरेको र त्यसको दर्ता नम्बर ७३३ रहेको बताएका छन्।

‘अन्य विश्वविद्यालयका उपकुलपतिले पनि मन्त्रीको सचिवालयमा भ्रमण स्वीकृतिको निवेदन दर्ता गराउने चलन छ,’ शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘उहाँले पनि त्यही प्रक्रियामा दर्ता गराउनुभएको हो, त्यसरी एयरपोर्टमा रोक्नु उचित भएन ।’ भ्रमणमा नजानु भनेर पहिल्यै रोक्न सकिने समय हुँदाहुँदै बल प्रयोग गरिएको ती सहसचिवले बताए कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23974