गोरेका सहयोगीसहित तीनजना जेल चलान

संगठित अपराध, सुन तस्कारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ।

न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको कान्तिपुर दैनिकमा खबर छ।

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालतले उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो।





Comments

comments

Leave a Reply

23977