रातभर एक्लै रुन्थेँः सन्नी

लिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा आधारित फिल्म ‘करनजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ को ट्रेलर रिलिज भएको छ।

ट्रेलरमा एक साधारण युवती करनजित कौरबाट सन्नी लियोनी बन्न गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा केही यस्ता कुरा छन्, जुन दर्शकले योभन्दा पहिले सुनेका थिएनन् । केही यस्ता घटना छन्, जो सन्नी बताउन चाहन्नथिन्।

‘करनजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’लाई लिएर सन्नी लियोनीले हालै भारतीय मिडियासँग भनिन्, ‘यो बायोपिकको सुटिङ गर्न सजिलो थिएन, किनकि म हरेक दिन रुन्थेँं । पुराना जिन्दगीका पानाहरू जब पल्टन्थे, मलाई दुःखले किच्थ्यो । मेरो परिवारको सदस्यको मृत्युजस्ता कति धेरै कुरा थिए, म बताउन चाहन्नथेँ ।’ उनले निकै विचार गरेर दुनियाँका सामुन्ने खुलेर बताएकी छिन्। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23990