निगमले एक वर्षमा १० जहाज किन्ने

नेपाल वायुसेवा निगमले आगामी आर्थिक वर्ष ०७५/७६ मा १० नयाँ हवाइजहाज खरिद प्रक्रिया टुंग्याउँदै छ।

निगमले आन्तरिक उडानमा ८ र अन्तर्राष्ट्रिय उडानका लागि २ जहाज थप्दै छ । यी जहाज खरिद गर्न निगम सञ्चालक समितिले सैद्धान्तिक सहमति दिइसकेकाले खरिदका थप प्रक्रिया सुरु गर्न लागिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

उनका अनुसार आगामी आवभित्र खरिद प्रक्रिया सम्पन्न भएपछि क्रमशः जहाज डेलिभरी हुन थाल्नेछन् । सन् २०१९ को अन्त्यसम्म सबै जहाज नेपाल ल्याइसक्ने योजना निगमको छ। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23992