प्रधानमन्त्री ओलीले मन्त्रीलाई भने – सिन्डिकेट अन्त्य गर्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्त्य गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महासेठ र सचिव अधिकारीलाई सचेत गराएको खबर अन्नपूर्णपोष्टले छापेको छ।

सञ्चारमाध्यममा मन्त्री महासेठसहित केही वरिष्ठ सरकारी अधिकारीले नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले दुवैलाई डाकेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23998