वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसो स्वदेशमै शोषित !

वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ।

गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो।

वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको छ।

उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन्।

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको तथा सम्झौता अनुसार काम नपाएको भन्दै वैदेशिक रोजगार विमागमा वर्षमा सरदर दुई हजार उजुरी पर्ने गर्छन। जसमध्ये अधिकांशले न्याय पाउन सक्दैनन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24000