उड्ने कारको सपना साकार हुँदै

उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथ बुनिएका छन्।

अवब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् ।

तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन्। अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाईसेन्स आवश्यक पर्दैन ।

व्ल्याकफुलाई नाम दिईएको यो कार १० किलोमिटरसम्म उड्न सक्छ । यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्टस कारकै मुल्यमा उपलब्ध हुनेछ तर सुरुवाती अवस्थामा भने यो केही महंगो पर्नेछ।

गुगलका सहसस्थापक ल्यारी पेजको लगनी रहेको अर्को स्टार्ट अप कम्पनी किटी हकले पनि लस भेगसमा व्यक्तिगत रुपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको छ। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

24014