वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको छ।

गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ।

ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ। घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ।

प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्तासमेत घटीबढी हुनेगर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएका हुन्। कान्तिपुरमा खबर छ।



.















Comments

comments