उत्तर कोरियाबाट सिक्नुपर्छ

गृहमन्त्री रामबहादुर थापाले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणास्रोत भएको बताएका छन्।

उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए।

‘देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’ उनले भने। उनले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशासमेत व्यक्त गरे। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24020