कम्युनिष्टलाई मार्क्सवाद पढाउँदै कांग्रेस नेता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले मार्क्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई मार्क्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् ।

रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरि । माक्र्सवादबारे ज्ञानको भण्डार मानिने गिरिले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन्।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि प्रशिक्षकका रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगन्जमा भएको प्रदेशस्तरको पहिलो माक्र्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए।

आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् । तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए। नयाँ पत्रिकामा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

24032