पानीजहाज सञ्चालन गर्नका लागि भारतले नेपालसम्मकै जलमार्ग बनाइदिने

भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको छ ।

‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो।

भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए ।

‘भारतीय टोलीले पटनादेखि नेपालको गण्डक ब्यारेज क्षेत्रसम्म नै जलमार्गको विकास गर्ने योजना रहेको जनाएको छ,’ उनले भने, ‘पटनासम्म जलमार्ग विकास सकिएको छ जुन छिटै सञ्चालनमा आउनेछन्, त्यहाँबाट नेपालसम्मै विकास गर्ने योजना रहेको उनीहरूले सुनाए ।’

काठमाडौंमा जारी दुईपक्षीय छलफल सोमबार सकिनेछ । ‘सोमबार दुई पक्षबीच नेपाल–भारत जलमार्ग सञ्चालनका लागि कुन रुटमा सञ्चालन गर्ने ? कसरी सञ्चालनमा ल्याउने ? मोडालिटी कस्तो हुने भन्नेलगायत विषयमा छलफल हुनेछ,’ उनले भने, ‘त्यसपछि एउटा निष्कर्ष निकालेर हामी अघि बढ्नेछौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24040