कांग्रेस गुट उपगुटमै सीमित !

मुलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ।

गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई नै मलजल दिइरहेका छन्।

कांग्रेस प्रमुख रुपमा तीन गुटमा विभाजित छ भने प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि चलमलाइरहेको छ।

राष्ट्रिय राजनीति तथा समसामयिक मुद्दालाई एकतावद्ध ढंगले प्रभावकारी रुपमा उठाउन नसकेको आरोप लागिरहेको बेला पछिल्लो समय कांग्रेस नेताहरु गुटगत भेलामा रमाउन थालेका छन् ।

सभापति शेरवहादुर देउवा पक्षका नेताहरुको भेला भएको भोलिपल्टै शीर्ष नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सोमबार भेला गरी पार्टीभित्र गुट मौलाएको संकेत दिएका छन्। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

24051