वार्षिक ६८ करोडको इन्धन चोरी भएको पुष्टि

काठमाडौं – विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ।

नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको समाचार नागरिक दैनिकमा छापिएको छ।

विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरुले बताउँदै आएका थिए ।

निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ।





Comments

comments

Leave a Reply

24062