होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन्।

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षीय ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन्।

मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका शाहले सोही होटलमा कोठा लिई बसेका रामेपछापका दुई किशोरी सुतेको कोठामा वियरको बोतल हानी जबर्जस्ती करणी गर्न खोजेपछि कोशोरीहरुले गुहार मागेका थिए। नयाँ पत्रिकामा खबर छ।



.















Comments

comments