मोदी भ्रमणमा मनपरी खर्च

काठमाडौं – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ।

आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको समाचार कारोबारमा छापिएको छ।

वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै काठमाडौं आएका मोदी वैशाख २९ गते नै स्वदेश फिर्ता भएका थिए।

अर्थ मन्त्रालयले २ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी, महानगरीय सशस्त्र प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरीका नाममा उक्त रकम निकासा दिएको हो।

समाचारमा लेखिएको छ, बहालवाला तथा पूर्व प्रशासकहरु नै यत्रो खर्च अस्वभाविक भएको बताउँछन् । एक सचिव भन्छन्, ‘एकतातिर खर्चमा आर्थिक अनुशासन र मितव्ययिता भन्ने अर्कातिर अस्वभाविक बिलभुक्तानी अर्थबाटै स्वीकृति गर्नेकुरा पटक्कै सुहाएन।’





Comments

comments

Leave a Reply

24149