केन्द्र नछाड्ने कर्मचारीको तलब गाउँमै पठाइने

काठमाडौं – सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको छ।

कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो।





Comments

comments

Leave a Reply

24153