शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

काठमाडौ‌ं – नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो।

नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै बटालियनको अवसर दिएको खबर राजधनी दैनिकमा छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिब सय सैनिकले अवसर पाउनेछन्।

प्रवक्ता भण्डारीले ६ सय सैनिकहरु बटालियनका रूपमा त्यहाँ जान लागेको बताए । उनले आवश्यक बन्दोबस्तीका सामानसहित केही सैनिक त्यहाँ पुगिसकेको र थप सैनिक माग भएलगत्तै पठाउने गरी तयारी अवस्थामा राखिएको बताए ।

नेपाली सेना संयुक्त राष्ट्रसंघअन्तर्गत हाल सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिबिया, इजरायल, माली, कंगो, सुडान, सिरिया, मोरक्को र दक्षिण सुडानमा खटिँदै आएको छ।





Comments

comments

Leave a Reply

24168