विमानको शौचालयमा मृत शिशु फेला परेपछि

नयाँदिल्ली– भारतमा आन्तरिक उडान गर्दै गरेको एउटा विमानको शौचालयमा बच्चा जन्मिएको छ।

बिहीवार गुवाहटीबाट नयाँ दिल्ली उडेको सो विमानमा कर्मचारीहरूले अवतरण गर्ने समय हुनलाग्दा मृत शिशु फेला पारेका हुन्।
नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको खबर लोकान्तरमा प्रकाशित छ। पक्राउ परेकी युवतीले आफूले बच्चा जन्माएको स्वीकारेकी छन्।

प्रहरीका अनुसार उनले आफू गर्भवती भएको थाहै नभएको बताइन् । वरिष्ठ प्रहरी अधिकारी सञ्जय भाटियाले बीबीसीलाई बताएअनुसार ती युवतीले विमानको शौचालयमा साढे सात महिनाको भ्रूण जन्माएर भुइँमा त्यत्तिकै छोडिदिएकी थिइन्।

शिशुको मृत्युको कारण जान्न प्रहरीले शवपरीक्षणको विवरण कुरिराखेको उनले बताए । “यसबारे हामी थप कुरा पत्ता लगाउनेछौँ र विवरण प्राप्त भएपछि आवश्यक कारबाही गर्नेछौँ,“ उनले भने।





Comments

comments

Leave a Reply

24198