सम्पूर्ण ब्रिटिश गोरखाहरुलाई जरुरी सूचना!

ब्रिटिश गोरखाहरुलाई जरुरी सूचना!

बेलायतबासी ब्रिटिश गोरखा दाजुभाइ, दिदीबहिनी तथा भाञ्जा-भाञ्जीहरु हार्दिक न्यानो अभिवादन !!

हामीले बेलायती आवासीय अधिकार लिने क्रमसँगै यहाँको सुबिधा र अधिकार उपभोग गर्न बेलायतको नेच्युरलाइजेसन ( रातो पासपोर्ट ) लिन वाध्य भएकाछौ। यसो गर्दा नेपालको विधमान कानून अनुसार हाम्रो वंशजको नेपाली नागरिकता स्वत: खारेज हुन्छ । नेपालको संबिधान २०७२ अनुसार संघीय एेन निर्माण भई लागुभए, हाम्रो वंशजको नागरिकता नेपाली परिचय-पत्र ( गैरआवासीय नागरिकता ) मा सिमित हुनेछ । यसबाट हामी र हाम्रा सन्ततीले नेपाली राष्ट्रियता गुमाउने त निश्चित छ नै, त्यसमाथि आफ्नो नाममा रहेका नेपालको चल-अचल सम्पत्तिको स्वामित्व समेत गुम्ने स्थिती सृजना भएकोछ।

त्यसैले समय मै आफू र आफ्नो सन्ततिहरुले बेलायती सम्मानार्थ नागरिकता लिएपनि, नेपालको नागरिकता निरन्तर कायम राख्न, संबिधान सम्सोधन गराउन हामी सबै एकाकार भई ससक्त रुपमा अघी बढ्नुको कुनै बिकल्प छैन । आफ्नो र आफ्नो सन्ततिको अधिकार रक्षा गर्ने दायित्व आफ्नै हो । अरुले खोजिदिएको अधिकार उपभोग गरौला भन्ने गैर जिम्मेवार र दरिद्र मानसिकताबाट माथि उठेर कर्तब्यबोध कासाथ, बिगत ५ वर्षदेखि यसका लागि सशक्त रुपमा आन्दोलनरत “ ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिती – युके” (BGNCCC-UK)को अभियानमा आर्थिक, नैतीक एबम भौतिक रुपले सहभागि भएर हाम्रो नागरिकता निरन्तरता पाउने ब्यावस्थाको सुनिश्चित गरौ।

आगामी १८ अगष्ट २०१८ कादिन, “ ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिती-युके “ ले अल्डर्सटको निम्न स्थान र समयमा आयोजना गर्न लागेको बृहत बैठकमा अनिवार्य सहभागि हुन र बेलायतका बिभिन्न स्थानहरुमा भईरहेका यस अभियान सम्बन्धी सचेतनात्मक कार्यक्रमहरुलाई आ-आफ्नो क्षेत्रबाट प्रभावकारी बनाउन जिम्नेवार भूमिका निर्वाह गरिदिन हुन बिनम्र अनुरोध गरिन्छ।

Date: 18 August 2018 & Time: 12:00 hrs
Venue: Owlsmoor Community Centre, Yeovil Rd, OWLSMOOR , SANDHURST, GU47 0TE.

द्रष्टव्य: हाम्रो साझा अभियानमा सहभागी भई भावी सन्ततिहरुका लागि अभिलेख राख्नका लागि निम्न लिखित बैक खातामा सहयोग रकम जम्मा गरी, कोषाध्यक्षलाई 07877 112599 मा सम्पर्कगरी आफ्नो विवरणसहित जानकारी गराउनु होला । Barclays Bank, Sort Code: 20-02-62, Account No.: 30640212, M B Limbu,
भवदीय,

सम्पर्क : संयोजक – थर्क राना : 07859884822 , वरिष्ठ सहसंयोजक – सुन तामाङ : 07486382227 , सचिव – सोभराज गुरुङ : 07737962196. ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिती-युके (BGNCCC-UK)





Comments

comments

Leave a Reply

24211