३ दिनपछि दिसाबाट निस्कियो सुनको सिक्री !

ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ ।

कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनस्याम श्रेष्ठले बताए।

विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलसरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए। नयाँ पत्रिकामा यो खबर छ।







Comments

comments

Trending Now : कास्कीमा रवीन्द्रको उत्तराधिकारी खोजिदै..