शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो

काठमाडौं – रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ।

यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको छ।

एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको समाचार कारोबारमा छापिएको छ।

सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलोपटक एस ५ रुट कार्यान्वयन हुन लागेको हो।

उपत्यकाम हाल करिब ३ सय संघ संस्था समिति मातहतमा १०/१२ हजार सवारी दर्ता भइ सञ्चालन हुँदै आएका छन्।





Comments

comments

Leave a Reply

24265