प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

काठमाडौं – छिमेकी मुलुक चीनबाट नोपल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ।

गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ।

नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

गत आर्थिक बर्षमा चीनको मेनल्याण्बाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिवद्धता आएको खबर कारोबारमा छापिएको छ।

यस्तै भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको छ।





Comments

comments

Leave a Reply

24267